सशस्त्र प्रहरीका तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

सशस्त्र प्रहरीका तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • सशस्त्र प्रहरीका तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् । शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औं वार्षिकोत्सवको अवसरमा ३जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो ।

    आईजी एपीएफ केमन्डेसन पाउनेहरुमा सशस्त्र प्रहरी उपरीक्षकद्वय  ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन् । 

    एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए । एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डीएसपी थापा हाल नं। २० बाघभैरव गुल्मको गुल्मपतीको रुपमा कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij