होलीका दिन बिहानैदेखि चेकजाँच, तीन हजार सुरक्षाकर्मी खटिदै

होलीका दिन बिहानैदेखि चेकजाँच, तीन हजार सुरक्षाकर्मी खटिदै

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • होलीका दिन बिहानैदेखि चेकजाँच, तीन हजार सुरक्षाकर्मी खटिदै
    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।
     
    होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन गरी सवारी चलाउने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । अधिकारीका अनुसार, होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने छन् ।
     
    होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरीले जनाएको छ ।  काठमाडौँ प्रहरीले शान्त वातावरणमा होली पर्व मनाउन आग्रहसहित माइकिङसमेत गरेको छ ।  
     
    अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने अधिकारीले बताए। 
     
    प्रहरीले मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको छ । त्यसैगरी अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij