काठमाडौं । टेकु सबस्टेसन मार्फत आपूर्ति हुने विभिन्न स्थानहरु शनिबार बिहान ११ बजेदेखि १ः३० बजेसम्म बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्बार एक सुचना जारी गर्दै विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।
सूचना अनुसार विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागले टेकु सवस्टेसनमा १३२र११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागेको हो ।
टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।
काम चाँडै सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुन सक्नेछ समेत प्राधिकरणले सूचनामा लेखेको छ ।