बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गf सरकारको नाममा फिर्ता गरिएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो। शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याएको जानकारी दिइएको हो। 

    पत्रकार सम्मेलनमा डिल्लीबजार मालपोत प्रमुख छविलाल नेपालीले मालपोत ऐन २०३४ अनुसार यो जग्गा स्वतः सरकारको नाममा आएको बताए। उनले यसको लागि मन्त्रिपरिषदको बैठकले निर्णय गर्न नपर्ने समेत जनकारी दिए । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। 

    सिआइबीले तीन महिना बढी समय अनुसन्धान गरेर सो सरकारी जग्गा निजीकरण गरेको फेला पारेको थियो । जुत्ता कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गामा सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो। मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीका नाममा पत्र काटेको थियो।

    मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो। २०३७ कात्तिक २० गते काठमाडौं महानगरपालिका वडा नम्बर २२(छ) कित्ता नम्बर ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा कायम भएको थियो।

    २०४४ भदौ ५ मा सो जग्गा कित्ताकाँट भएर कित्ता नम्बर ४२० को ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटडको नाममा र बाँकी जग्गा कित्ता नम्बर ४२१ को ११ रोपनी १३ आना जग्गा बाँसबारी छाला जुत्ता कारखानाको नाममा आएको थियो। २०४४ मंसिर १८ गते बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा रहेको जग्गा छोडपत्र भएर कित्ता नम्बर ४२१ कित्ताबाट भएर ४ रोपनी जग्गा पुन च्याम्पियन फुटवेयर लिमिटडको नाममा गएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij