काठमाडौँबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन

काठमाडौँबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • काठमाडौँबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन

    रसुवा । काठमाडौबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप प्रत्येक दिन बिहान ७.३० बजे काठमाडौँबाट ठूलोस्याफ्रुका लागि छुट्ने र सोही समयमा ठूलो स्याफ्रुबाट काठमाडौँका लागि छुट्ने समय निर्धारण गरिएको मिनि गोसाइँकुण्ड यातायात समितिले जनाएको छ । 

    यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवं लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने समितिका सदस्य साधुराम खड्काले जानकारी दिए । 

    भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबलहुँदै ठूलोस्याफ्रु पुग्न  दिनभर लाग्ने गर्दथ्यो । स्थानीयवासी तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत  सहज भएको बताए । 
         

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij