बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै किशोरीको शव फेला

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै किशोरीको शव फेला

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै किशोरीको शव फेला

    काठमाडौं । सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै किशोरीको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

    प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उनको भनाइ छ । प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij