प्रतिनिधिसभा बैठक १० दिनको लागि स्थगित, जेनेभा जाँदै सभामुखको टोली

प्रतिनिधिसभा बैठक १० दिनको लागि स्थगित, जेनेभा जाँदै सभामुखको टोली

बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • प्रतिनिधिसभा बैठक १० दिनको लागि स्थगित, जेनेभा जाँदै सभामुखको टोली

    काठमाडौं ।  प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो ।

    सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् ।

    सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।

    सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)को कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । उनीहरू भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । 

    सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij