काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेपछि कृष्ण बहादुर महराबाट व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० सुविधा खोसिएको छ । गृह मन्त्रालयको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले महराका पीएसओलाई फिर्ता बोलाएको हो ।
महराको व्यक्तिगत सुरक्षाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)१ जना र वरिष्ठ हवल्दार १ जना गरी २ जना पीएसओ खटिएका थिए । सरकारले महरालाई पूर्व गृहमन्त्री तथा पूर्व सभामुखको रुपमा पीएसओको सुविधा दिएको थियो ।
विद्युतीय चुरोट (भेप) तथा स्कुटरको ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीमा संलग्नता देखिएपछि महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । महरालाई सोमबार नै काठमाडौं ल्याएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
स्वास्थ्यवस्था कमजोर रहेको भन्दै महराले अदालतबाटै अस्पतालमा बस्न पाउने सुविधाका लागि अनुमति लिएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा रहेका महरा हाल नर्भिक अस्पतालमा छन् ।