शलिन मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा

शलिन मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • शलिन मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा

    काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् । शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।

    चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५र५ लाख धरौटी बुझाउन आदेश दिएको थियो ।

    अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर हिरासतमुक्त भएको जनाइएको छ । शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भएको थियो । त्यसपछि पक्राउ परेका तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij