सरकारी क्वाटरमा आगो लगाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सरकारी क्वाटरमा आगो लगाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • सरकारी क्वाटरमा आगो लगाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफ्नो सरकारी क्वाटरमा आफैँ आगो लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनलाइ पक्राउ गरेकाे हाे । 

    फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी क्वाटरमा आगो लागेको थियो । राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको उनले प्रहरीले बताएका थिए ।

    आक्रमणपछि आफू झ्यालबाट भागेर ज्यान जोगाएको समेत उनको बयान थियो । तर, गाउँपालिकाले भने उक्त घटनामा उनी आफै संलग्न रहेको भन्दै उजुरी दिएपछि आइतबार उनलाई पक्राउ गरि सात दिन म्याद थप गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij