कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • कथाकार परशु प्रधानको निधन

    काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । प्रधानको गएराति आफ्नै निवासमा निधन हो । उनका छोरा प्रतीक प्रधानका अनुुसार, अन्तिम संस्कार आज बिहान नौ वजे पशुुपति आर्यघाटमा हुनेछ । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् ।

    स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका  ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् । प्रधानले एक दर्जनबढी पुरस्कार पाएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij