काठमाडौं । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ मा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार घटनास्थलमा ७ जना र २ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । दुर्घटनाका घाइते २५ जनालाई उपचारका लागि धौलागिरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतक ७ जनाको शव रूकुम पश्चिम पठाइसकिएको छ ।