बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

    बलेवा । बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो । 
     
    बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij