काठमाडौं । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरूङ धरौटीमा रिहा भएका छन् । १४ किलो सुन तस्करी अभियोगमा पक्राउ परेका गुरुङलाई आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधशी माधवप्रसाद अधिकारीको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि गुरुङले आइतबार नै १५ लाख नगद धरौटी बुझाएर रिहा भएका हुन् ।
गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङ्गको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।