काठमाडौं । चैत्र ७ गते बुधबार मनकामना केबलकार बन्द रहने भएको छ । नियमित मर्मत सम्भारका लागि केबलकार एक दिन बन्द गरिने कम्पनीले प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।
‘नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।’ विज्ञप्तीमा जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ । केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।