माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो ।  उनलाई काठमाडौं ल्याइँदैछ ।

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij