एसईईको तयारी अन्तिम चरणमा, उत्तिर्ण हुन ३५ प्रतिशत अंक ल्याउँनै पर्ने

एसईईको तयारी अन्तिम चरणमा, उत्तिर्ण हुन ३५ प्रतिशत अंक ल्याउँनै पर्ने

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • एसईईको तयारी अन्तिम चरणमा, उत्तिर्ण हुन ३५ प्रतिशत अंक ल्याउँनै पर्ने

    काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ। चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म चलने परीक्षा सकिने बोर्डको परीक्षामा ५ लाख ३ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

    परीक्षाको लागि काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका  ७४ जिल्लामा प्रश्नपत्र र उत्तर पुष्तिका पठाइसकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । नेपाल बाहिर जापानमा पनि परीक्षा केन्द्र तोकिएको छ । जापानको एक परिक्षा केन्द्रबाट २१ जना विद्यार्थीले एसईई दिने भएका छन् । बोर्डले यसपटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो ।

    बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए । यो व्यवस्था अनुसार पास हुन न्यूनतम सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने ब्यवस्था गरिएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij