कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । 

    विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै एकाध स्थानमा हिमपातको सम्भावना रहेकाले पछिल्लो मौसमी जानकारी लिन महाशाखाले आग्रह गरेको छ । यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij