कर्णाली । भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका ती भारतीय पर्यटक दुई दिनअघिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेका छन् । उनीहरुलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि मौसमी प्रतिकुलता र हेलिकप्टरको उपलव्धता नभएका कारण हुन नसकेको थिएन।