नेवार समुदायमा आज म्हः पूजा, भक्तपुरका नेवारले आज भाइटीका मनाउँदै

नेवार समुदायमा आज म्हः पूजा, भक्तपुरका नेवारले आज भाइटीका मनाउँदै

बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • नेवार समुदायमा आज म्हः पूजा, भक्तपुरका नेवारले आज भाइटीका मनाउँदै

    काठमाडौं । आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।

    यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij