विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट

मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट

    काठमाडौँ । विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।

    दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो ।

     

    इजरायल र हामासबिच युद्ध बिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

    यसैगरी, आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij