तारेभिर प्रकरण : प्रेम प्रस्ताव अस्वीकार भएपछि रुपेन्द्रले गरेका थिए सुस्माको हत्या

तारेभिर प्रकरण : प्रेम प्रस्ताव अस्वीकार भएपछि रुपेन्द्रले गरेका थिए सुस्माको हत्या

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • तारेभिर प्रकरण : प्रेम प्रस्ताव अस्वीकार भएपछि रुपेन्द्रले गरेका थिए सुस्माको हत्या

    काठमाडौं । काठमाडौंको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्तामा मृत फेला परेकी सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ बर्षीय रुपेन्द्र लामालार्य शुक्रबार राति पक्राउ गरेको थियो । 

    १२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।

    प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सुस्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् । विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे । माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ  । 

    त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij