भोजपुरमा आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुरमा आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • भोजपुरमा आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    भोजपुर । भोजपुरमा आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी हतुवागढी ७ पिप्लेमा शनिबार अपरान्ह आगलागी हुँदा एकैघरका तीन बालबालिकाको जलेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार,स्थानीय केदार कार्कीको गोठमाआगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

    आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र उदयपुरमा भएको जिप दुर्घट्नामा परेर मृत्यु हुने आठमध्ये सात जनाको ज्यान गएर शोकमा डुवेको हतुुवागढीमा पछिल्लो घट्नाले थप पिडा थपेको छ ।

    यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण स्थानीय बनमा को लागेको डढेलो बस्तीमा पस्दा सो आगालागी भएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij