दार्चुलामा जिप दुर्घटना : एकजनाको मृत्यु, १० जना घाइते

दार्चुलामा जिप दुर्घटना : एकजनाको मृत्यु, १० जना घाइते

सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • दार्चुलामा जिप दुर्घटना : एकजनाको मृत्यु, १० जना घाइते

    काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    महाकाली नगरपालिका–६ स्थित भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।

    दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य सामान्य घाइतेलाई उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij