कुलमान घिसिङले भने- ‘सरकारको सतर्कताले मानवीय क्षति कम भयो’

कुलमान घिसिङले भने- ‘सरकारको सतर्कताले मानवीय क्षति कम भयो’

आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • कुलमान घिसिङले भने- ‘सरकारको सतर्कताले मानवीय क्षति कम भयो’

    काठमाडौँ- ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । 

    पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् ।

    वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए ।

    वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।

    ‘सरकारको सतर्कतका कारण बढी मानवीय क्षति भएको छैन । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन,’ मन्त्री घिसिङले भने ।

    काठमाडौँबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए । पूर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij