लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो

लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो

    भक्तपुर । भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न गएका ४ जनालाई खोल्साले बगाएर बेपत्ता बनाएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्। 

    भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएकोमा शुक्रबार राति ब्याम्बोस्थित होटलमा बास बसेका उनीहरू आज लाङटाङतर्फ जाँदै गर्दा साँझ करिब ६ बजे खोल्साले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

    अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ । उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजी कार्यमा ढिला हुन गएको छ ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij