पाँचथरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ६ घाइते

पाँचथरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ६ घाइते

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • पाँचथरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ६ घाइते

    काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

    ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार दुर्घटनामा ३ जना पुरुष र ३ जना महिला गरी ६ जनाको घटनास्थलमै ज्यान गएको हो । घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

    दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको परिचय भने अझै खुल्न सकेको छैन ।

    सदरमुकाम फिदिमबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीलाई घटनास्थलमा खटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij