धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३६ घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३६ घाइते

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३६ घाइते

    काठमाडौं । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटनाग्रस्त हुँदा ३६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वनकसवासास्थित सडकमा आज बिहान ना ८ ख ५७०३ नम्बरको बस अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij