काठमाडौं । वीपी राजमार्ग भएर गुड्ने गाडी काभ्रेको काभ्रेभन्ज्याङ्गमा र मंगलटारमा रोकिएको छ । भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठूलो पानी परिरहेकाले काठमाडौँबाट बाहिरिनेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं भित्रने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागले जनाएको छ । विभागका अनुसार वर्षा कम नहुँदासम्म काभ्रेभन्ज्याङ्गदेखि मंगलटारसम्म गाडी चल्न दिइने छैन ।
गएको वर्षको असोज दोस्रो हप्ताको वर्षाका कारण त्यस क्षेत्रमा सडक संरचना लगायत ठूलो क्षति भएको थियो । अहिले दशैँको बेला भएकोले यो मार्ग भएर दैनिक १० हजार भन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।