काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ३ दिन बन्द

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ३ दिन बन्द

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ३ दिन बन्द

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत तीन दिनका लागि बन्द गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत आजदेखी सोमवारसम्मका लागि बन्द गरेको जानकारी गराएको हो ।

    भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने वाढी, पहिरो र डुबान तथा त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको प्राधिकरणको सुचनामा छ ।

    यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी नचलाउन आग्रह गरेको छ । साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले पनि गाडी आवतजावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij