महोत्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

महोत्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • महोत्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

    बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    बसमा रहेका २० जना भन्दा धेरै यात्रु घाइते भएकामा केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij