वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनबाट आज पनि टीका र आशिर्वाद थाप्दै

वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनबाट आज पनि टीका र आशिर्वाद थाप्दै

शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनबाट आज पनि टीका र आशिर्वाद थाप्दै

    काठमाडौं । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ । दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

    आजदेखि बिशेषगरी माइती, मावली, ससुराली लगायतमा टीका थाप्न जाने चलन छ । कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटोमा भीड लाग्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने वडादशैं आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij