आज विजयादशमी : देवी विसर्जन बिहान ९:२३ मा, टीकाको उत्तम साइत ११:५३ बजे

आज विजयादशमी : देवी विसर्जन बिहान ९:२३ मा, टीकाको उत्तम साइत ११:५३ बजे

बिहिवार, आश्विन १६ २०८२
बिहिवार, आश्विन १६ २०८२
  • आज विजयादशमी : देवी विसर्जन बिहान ९:२३ मा, टीकाको उत्तम साइत ११:५३ बजे

    काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा परेको छ ।

    समितिले टीका ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ र टीका लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने उल्लेख गरेको छ । घटस्थापनाका दिन राखिएको कलश (घडा) बाट वैदिक विधिअनुसार अभिषेक गरी टीका लगाउने परम्परा छ ।

    यस दिन गुरु पुरोहित, अभिभावक, हजुरबुबा–हजुरआमादेखि अन्य मान्यजनका हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ । यसरी टीका ग्रहण गर्दा यश, ऐश्वर्य, काम गर्ने शक्ति र दीर्घायु प्राप्त हुने विश्वास रहँदै आएको छ ।

    आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका–जमरा लिन सक्नेछन् । विशेषगरी घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रूपमा मानिने परम्परा छ ।

    देवी विसर्जन बिहान ९:२३ मा

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ । 

    दशैंको टीका लगाउनुअघि अनिवार्य रूपमा देवी विसर्जन गरिनुपर्छ । तर टाढा यात्रा गर्नुपर्ने बाध्यता भएमा बिहानै सूर्योदयसँगै विसर्जन गरेर टीका लगाउन सकिने व्यवस्था छ ।

    कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रतसहित पूजा गरेर दशैं पर्व औपचारिक रूपमा समापन हुने प्रथा छ । नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि आपसमा भेला भएर यस महान् पर्वलाई धुमधामसहित मनाउने गर्छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij