सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    बरहथवा (सर्लाही)- जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।

    हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

    ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका बताए  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij