टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

    राजविराज । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ  । 

     आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित ३० लाख रुपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिए। आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

    स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij