काठमाडौं । दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ । घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल प्रहरीको तथ्यांक छ ।
यो आज बिहान ६ बजेसम्मको नेपाल प्रहरीको तथ्यांक हो । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ८५ हजार २ सय चौरासी यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन् ।
यही अवधिमा १७ हजार दुई सवारी बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएकाे छ ।
हेर्नुस् प्रहरीको तथ्याङ्क
