काठमाडौं । यस वर्ष देशभर डेंगु संक्रमितको संख्या ५ हजार पार गरेको छ । सन् २०२५ को सुरुदेखि हालसम्म ५ हजार १९६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै १ हजार ३२७ जना संक्रमित भेटिएका छन् । त्यसपछि बागमतीमा १ हजार १९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेश प्रदेशमा ११२ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।