अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप  ( फोर्स गाडी ) दुर्घटना हुँदा  दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को  सो जीप  आज बिहान दुर्घटना भएको हो । 

    दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका.–६ पुर्कोटका  १० वर्षीय  अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए । घाइतेको अर्घाखाँची  अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij