प्रहरीका ४ डिआइजी एआइजीमा बढुवा सिफारिस

प्रहरीका ४ डिआइजी एआइजीमा बढुवा सिफारिस

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • प्रहरीका ४ डिआइजी एआइजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    सिफारिस सूचीमा पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रोमा उमाप्रसाद चर्तुवेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथोमा डम्बरबहादुर बिक परेका छन् ।

    राठौर आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय (प्रशासन विभाग) मा कार्यरत छन् भने चर्तुवेदी हाल मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । त्यस्तै, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदमा रहेका छन् ।

    अब हुने मन्त्रिपरिषद् बैठकले एआइजीको नियुक्ति गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij