काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ्ग सेवाका रा. प. प्रथम श्रेणी, सहसचिव स्तरका ६ कर्मचारीहरूको सरुवा गरेको हो ।
त्यस्तै, आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ्ग सेवाका रा.प. द्वितीय र तृतीय श्रेणी, ३५ उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
