फेसबुकमा स्टाटस राखेर नदीमा हामफालेका दुईजना बेपत्ता

फेसबुकमा स्टाटस राखेर नदीमा हामफालेका दुईजना बेपत्ता

शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • फेसबुकमा स्टाटस राखेर नदीमा हामफालेका दुईजना बेपत्ता

    काठमाडौं । चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । 

    आज सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै हाम्फालेर बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । 

    प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए ।

    जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेट्टाउन नसकिएको उनले जानकारी दिए ।

    बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij