सभा, सम्मेलन र विरोधका कार्यक्रम शान्तिपूर्ण बनाउन गृह मन्त्रालयको आग्रह

सभा, सम्मेलन र विरोधका कार्यक्रम शान्तिपूर्ण बनाउन गृह मन्त्रालयको आग्रह

शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • सभा, सम्मेलन र विरोधका कार्यक्रम शान्तिपूर्ण बनाउन गृह मन्त्रालयको आग्रह

    काठमाडौं । गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक तथा विरोध प्रदर्शन जस्ता गतिविधि हिंसा नगरी शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आगामी चुनावको प्रारम्भिक प्रक्रिया सुरु भइसकेकाले अर्को पक्षलाई असर नपर्ने खालका कार्यक्रम गर्न आग्रह गरेको हो ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपश्चात भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । सो अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य समेत सुरु गरिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij