अब अमेरिकी 'डीभी' भर्न एक डलर तिर्नुपर्ने

अब अमेरिकी 'डीभी' भर्न एक डलर तिर्नुपर्ने

शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • अब अमेरिकी 'डीभी' भर्न एक डलर तिर्नुपर्ने

    काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन अब एक डलर तिरेर मात्र भर्न सकिने भएको छ । यसअघि निःशुल्क रहने आवेदन दर्तामा अमेरिकी विदेश मन्त्रालयले प्रतीकात्मक शुल्क तोकेको हो ।

    फेडरल रजिष्ट्ररले प्रकाशित सूचनाअनुसार धोकाधडी कम गर्ने र प्रशासनिक खर्च सबै आवेदकमाथि बाँड्ने उद्देश्यले शुल्क लागू गरिएको हो । यो नियम यस वर्ष अक्टोबरदेखि लागू हुनेछ ।

    डीभी प्रक्रियापछि तिर्नुपर्ने ३३० डलर भिसा शुल्क भने जस्ताको तस्तै रहनेछ । शुल्क आधिकारिक पोर्टलमार्फत तिर्नुपर्ने र एक पटक तिरेपछि फिर्ता नहुने जनाइएको छ ।

    नेपाली आवेदकहरूका लागि डलर कार्ड अभावका कारण कठिनाइ हुने अनुमान गरिएको छ । तर बैंक तथा वित्तीय संस्थामार्फत पनि शुल्क तिर्न सकिने भएकाले समस्या समाधान हुने विज्ञहरूको भनाइ छ ।

    अमेरिकाले डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष करिब ५० हजार आप्रवासीलाई स्थायी बसोबास अनुमति दिने गर्छ । नेपालबाट वार्षिक चार लाखदेखि सात लाखसम्म आवेदन पुग्ने र करिब ३,५००–४,००० जनाले स्थायी बसोबास पाउने गरेका छन् ।

    एक डलर शुल्क सानो देखिए पनि आवेदन संख्याका आधारमा अमेरिकाले हरेक वर्ष करिब साढे दुई करोड डलर राजस्व उठाउने अनुमान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij