सहकारी नियमन प्राधिकरणद्वारा सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण

सहकारी नियमन प्राधिकरणद्वारा सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण

शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • सहकारी नियमन प्राधिकरणद्वारा सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण

    काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरमार्फत् यही असोज महिनाभित्रै सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने प्राधिकरणले जनाएको छ ।

    सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरीएको र यसको सम्पूर्ण काम पूरा भएको प्राधिकरणले जनाएकाे छ । वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने/गराउने काम प्राधिकरणले गर्नेछ ।

    निर्देशक पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि प्राधिकरणाकाे तयारी छ । सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको जनाइएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij