मन्त्रिपरिषद्को निर्णयः ‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट हुने’

मन्त्रिपरिषद्को निर्णयः ‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट हुने’

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • मन्त्रिपरिषद्को निर्णयः ‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट हुने’

    काठमाडौं ।  सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् । पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो । 

    बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए । 

    यसैगरी, आफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij