विगतमा भएको भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री कार्की

विगतमा भएको भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री कार्की

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • विगतमा भएको भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले  छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको बताइन् । 

    उनले यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताइन् । उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको बताइन् ।

    गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । 
     
    सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij