काठमाडौं । सरकारले प्रमुख दलका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ।
सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई पासपोर्ट रोक्कासहित कानुनी दायरामा ल्याउन लागेको हो ।
जेनजी आन्दोलनको दमनमा संलग्न भएकाहरू र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको हो ।
पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको जनाइएको छ ।
पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा शेरबहादुर देउवा, आरजु राणा देउवाको नामसमेत राख्ने स्रोतले जनाएको छ । यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।