मतदाता नामावली कात्तिक मसान्तसम्म सङ्कलन गर्ने आयोगको निर्णय

मतदाता नामावली कात्तिक मसान्तसम्म सङ्कलन गर्ने आयोगको निर्णय

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • मतदाता नामावली कात्तिक मसान्तसम्म सङ्कलन गर्ने आयोगको निर्णय

    निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।

    निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

    बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ अध्यादेशमार्फत संशोधन गरेका थिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेसँगै मतदाता नामावली संकलनको बाटो खुला भएको हो ।

    यसअघि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि नयाँ मतदाता नामावली सङ्कलन गर्न नपाउने व्यवस्था थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij