अझै एक हप्ता मनसुन सक्रिय रहने

अझै एक हप्ता मनसुन सक्रिय रहने

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • अझै एक हप्ता मनसुन सक्रिय रहने

    काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । 

    सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने लक्ष्य रहेको भन्दै उनले  विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रूपमा गरिरहेको जानकारी दिए । 

    विभाग, विश्व मौसम संगठन र कार्डबिच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने कार्यको लागि सहकार्य भएको उनले जानकारी दिए । सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij