दशैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

दशैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • दशैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

    काठमाडौँ । अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

    यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । 

    विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij